२६ श्रावण २०८३, मंगलबार | August 12, 2026

कांग्रेस संसदीय दलको बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

यही माघ १८ गतेदेखि हिउँदे अधिवेशन सुरु हुने भएका संसदमा खेल्नुपर्ने भूमिकाबारे आवश्यक रणनीति तय गर्न बैठक बस्न लागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

बैठकमा सरकारले ल्याएका अध्यादेश, संसदमा दर्ता भएका विधेयकलगायत विषयमा सांसदहरूको एकै धारणा बनाउने र संसदमा एकढिक्का भएर प्रस्तुत हुने बारेमा छलफल हुनेछ ।

यसअघि हिजो पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, सांसद तथा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफलमा संसदमा दर्ता भएका विधेयक र अध्यादेशको पक्षमा एकढिक्का हुन निर्देशन दिएका थिए ।

बैठकले अध्यादेशको सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : ०१ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र