५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रादेशिक महोत्सव २०८१ आठौं दिन : महोत्सवमा विद्यार्थीको आकर्षण सूचना प्रविधि



नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ भित्र वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी आइएनजीस्क्रीन क्यान इन्फोटेकको अवलोकनमा विद्यार्थीको आकर्षण बढेको छ । क्यान महासंघ बाँकेले नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेसँग सहकार्य गरेर आयोजना गरेको महोत्सवमा सूचना प्रविधिबारे जानकारी लिन बुुधबार र बिहीबार नेपालगन्जका विभिन्न कलेज र विद्यालयका विद्यार्थी सहभागी भएको क्यान महासंघ बाँकेका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । प्रविधि कम्पनी तथा संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवर्द्धनसँगै विशेष छुट र अफर घोषणा गरेको अध्यक्ष जोशीले जानकारी दिए्् ।

प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी विश्वविद्यालय÷कलेज, कन्सल्टेसी, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ तथा सिसीटीभी सर्विलेन्श प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी आकर्षण देखिएको क्यान महासंघ बाँकेका सचिव
रमेश क्षेत्रीले बताए । उनले उत्पादनमा इन्फोटेक अवधिभर कम्पनीले अधिकतम १५–२५ प्रतिशतसम्म छुट र २०० वटा विद्यालयबाट लक्की ड्र बाट १ विद्यालयलाई ७५ इन्चको स्मार्ट बोर्ड उपहार दिने घोषणा गरेको क्यान सचिव क्षेत्रीले बताए ।

इन्फोटेकका अवलोकनकर्ताका लागि आइटी पढन चाहने विद्यार्थीहरुलाई १०–१०० प्रतिशतसम्मको छात्रवृत्ति दिने लुम्बिनी विश्वबिद्यालय र नेपालगन्ज क्याम्पसले घोषणा गरेका छन् । महोत्सवमा सूचना प्रविधिका २८ वटा स्टल छन् ।

प्रादेशिक महोत्सवका प्रचार संयोजक डम्बरबहादुर चन्दले सूचना प्रविधिका स्टलमा नयाँ नयाँ प्रविधि समावेश गरेकाले युवा र विद्यार्थीलाई बढी भन्दा भन्दा लाभ मिल्ने बताए । संयोजक चन्दले सूचना प्रविधि सम्बन्धीको बारेमा जानकारी लिन चाहने सबैलाई महोत्सव अवलोकन गर्न पनि आग्रह गरे ।

बद्री पंगेनीको दमदार प्रस्तुती
प्रादेशिक महोत्सवको आठौं दिन लोक गायक बद्री पंगेनीको दमदार प्रस्तुती दिएका छन् । उनको बहुचर्चित गीत तिम्रो राशी तुला… लगायतको गीतमा दर्शकलाई नचाएका थिए ।

देउडा गायक लालबहादुर धामी (अछामी बड्डाले देउडा गीतबाट आयोजक र दर्शकलाई निकै नचाएका थिए । कार्यक्रममा लोक गायिका अनिता चलाउने र लोक गायिका सपना शाहीले गीत गाएका थिए । हेमराज अधिकारी (खन्टे खलास समूह) र भीम विष्ट (अछामी रेखा)ले समसामयिक विषयमा हास्यव्यङ्ग्य प्रस्तुत गरेका थिए ।

साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको नवौं दिन शुक्रबार चर्चित लोकगायक पशुपति शर्मा, लोकदोहोरी गायिका रुपा घर्ती मगर, लोक पप गायक टंक तिमिल्सेना, डान्सर अन्जु सुनारको प्रस्तुती हुनेछ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ८ : १९ बजे

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको

बौद्धमा एक युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल

भ्याट बिल लिने ग्राहकलाई सरकारको ‘लखपति’ योजना

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा