१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रादेशिक महोत्सव २०८१ आठौं दिन : महोत्सवमा विद्यार्थीको आकर्षण सूचना प्रविधि



नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ भित्र वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी आइएनजीस्क्रीन क्यान इन्फोटेकको अवलोकनमा विद्यार्थीको आकर्षण बढेको छ । क्यान महासंघ बाँकेले नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेसँग सहकार्य गरेर आयोजना गरेको महोत्सवमा सूचना प्रविधिबारे जानकारी लिन बुुधबार र बिहीबार नेपालगन्जका विभिन्न कलेज र विद्यालयका विद्यार्थी सहभागी भएको क्यान महासंघ बाँकेका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । प्रविधि कम्पनी तथा संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवर्द्धनसँगै विशेष छुट र अफर घोषणा गरेको अध्यक्ष जोशीले जानकारी दिए्् ।

प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी विश्वविद्यालय÷कलेज, कन्सल्टेसी, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ तथा सिसीटीभी सर्विलेन्श प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी आकर्षण देखिएको क्यान महासंघ बाँकेका सचिव
रमेश क्षेत्रीले बताए । उनले उत्पादनमा इन्फोटेक अवधिभर कम्पनीले अधिकतम १५–२५ प्रतिशतसम्म छुट र २०० वटा विद्यालयबाट लक्की ड्र बाट १ विद्यालयलाई ७५ इन्चको स्मार्ट बोर्ड उपहार दिने घोषणा गरेको क्यान सचिव क्षेत्रीले बताए ।

इन्फोटेकका अवलोकनकर्ताका लागि आइटी पढन चाहने विद्यार्थीहरुलाई १०–१०० प्रतिशतसम्मको छात्रवृत्ति दिने लुम्बिनी विश्वबिद्यालय र नेपालगन्ज क्याम्पसले घोषणा गरेका छन् । महोत्सवमा सूचना प्रविधिका २८ वटा स्टल छन् ।

प्रादेशिक महोत्सवका प्रचार संयोजक डम्बरबहादुर चन्दले सूचना प्रविधिका स्टलमा नयाँ नयाँ प्रविधि समावेश गरेकाले युवा र विद्यार्थीलाई बढी भन्दा भन्दा लाभ मिल्ने बताए । संयोजक चन्दले सूचना प्रविधि सम्बन्धीको बारेमा जानकारी लिन चाहने सबैलाई महोत्सव अवलोकन गर्न पनि आग्रह गरे ।

बद्री पंगेनीको दमदार प्रस्तुती
प्रादेशिक महोत्सवको आठौं दिन लोक गायक बद्री पंगेनीको दमदार प्रस्तुती दिएका छन् । उनको बहुचर्चित गीत तिम्रो राशी तुला… लगायतको गीतमा दर्शकलाई नचाएका थिए ।

देउडा गायक लालबहादुर धामी (अछामी बड्डाले देउडा गीतबाट आयोजक र दर्शकलाई निकै नचाएका थिए । कार्यक्रममा लोक गायिका अनिता चलाउने र लोक गायिका सपना शाहीले गीत गाएका थिए । हेमराज अधिकारी (खन्टे खलास समूह) र भीम विष्ट (अछामी रेखा)ले समसामयिक विषयमा हास्यव्यङ्ग्य प्रस्तुत गरेका थिए ।

साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको नवौं दिन शुक्रबार चर्चित लोकगायक पशुपति शर्मा, लोकदोहोरी गायिका रुपा घर्ती मगर, लोक पप गायक टंक तिमिल्सेना, डान्सर अन्जु सुनारको प्रस्तुती हुनेछ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ८ : १९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा