२० भदौ २०८३, शनिबार | September 5, 2026

प्रादेशिक महोत्सव भित्रको थारु गाउँमा सुदूरपश्चिमको वार्चश्व, बाँके शुन्य (फोटोफिचर)



नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ मा प्रवेश गर्ने हरेक दर्शकको आकर्षण बनेको क्षेत्र हो थारु गाउँ । महोत्सव भित्र अर्को महोत्सवका रुपमा संचालन गरिएको थारु गाउँमा युवा अवलोकनकर्ता विशेष रुचीका साथ प्रवेश गर्ने गरेका छन् ।

थारुग्राममा पाईने ढिक्रि, घोँगी, माछाको अचार, सिद्रा जस्ता थारु समुदायका परिकारका साथै पहिचानकारुपमा अननीको जाँड पनि राखिएका कारण पनि युवाहरुको थारु गाउँका आकर्षण बढेको हो । थारु समुदायको परिकार सहित मिनी महोत्सवकारुपमा थारु साँस्कृतिक कार्यक्रम पनि थारु गाउँ भित्र प्रदर्शन गरिने गरिएको छ । थारु भाषामा आधारित गीत संगित सहित भोजपुरी र भल्गर नृत्यहरु समेत थारु गाउँ भित्र प्रदर्शन हुने गरेको एक अवलोकन कर्ताले बताए ।

बाहिर राखिएका अन्य स्टलहरुको तुलनामा थारु गाउँ भित्रका स्टलहरु भरिभराउ हुने गरेका छन् । थारु किचेनमा ढिक्री बनाउँदै गरेकी कैलालीकी सृजना चौधरीले हरेक दिन ८ देखि १० किलो पिठोको ढिक्री खपत हुने गरेको बताइन् । उनले ढिक्री, माछाको अचार र अनननीको जाँड ग्राहकले रुचाएको बताइन् । हरेक दिन १५ देखि २० हजारको ब्यापार हुने गरेको उनले बताइन् ।

कैलालीबाटै स्टल लिएर आएकी अनिता चौधरीले घोँगीमा ग्राहकको विशेष चासो हुने गरेको बताइन् । कतिपय ग्राहकले घोँगी नचिनेर के हो ? भनेर सोध्न गरेको उनले बताइन् । हरेक दिन २ केजी बढी घोँगीको परिकार बिक्री हुने गरेको बताउँदै उनले अननीको झोर (जाँड) पनि ग्राहकले खोज्ने गरेको बताइन् ।

ग्राहको आकर्षण र भइरहेको ब्यापारबाट आफुहरु सन्तुष्ट रहेको थारु अगुवा मंगल चौधरीले बताए । उनले थारु गाउँको माध्यमबाट आम नागरिकलाई थारु संस्कृति र परिकार चिनाउन पाइएको भन्दै खुसी ब्यक्त गरे ।

जुम्लाबाट मेला हेर्न पुगेका जयबहादुर रोकायाले भने बाहिर १ सय रुपैयाँको टिकट काटेर फेरि थारुको स्टलमा ४० रुपैयाँको टिकट काट्नु पर्दा दुःख लागेको बताए । मेला आयोजकले गलत गरेको बताउँदै उनले एउटै मेला भित्र दुईपटक टिकट काट्न लगाउनु उपभोक्ताका लागि ठगी भएको गुनासो गरे ।

मेला आयोजकले स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्ने भनेपनि थारु गाउँ भित्र बाँकेको स्टल शुन्य रहेको छ । ८ वटा स्टल रहेको थारु गाउँमा ६ वटा कैलाली र २ वटा बर्दियाका स्टलहरु रहेका छन् । बाँकेका थारु समुदायको भने थारु गाउँ भित्र स्टल देखिँदैन ।

आफुहरुले बाँकेका थारु समुदायलाई स्टल राख्नका लागि आह्वान गरेपनि सम्पर्कमा नआएको महोत्सव स्टल व्यवस्थापन उप समितिका संयोजक विष्णु श्रेष्ठले बताए । सबै समुदायलाई स्टल राख्नका लागि संघको तर्फबाट सूचना गरिएपनि कर्णालीका उत्पादन, नेवार समुदाय र बाँके बाहिरका थारु समुदायले स्टल बुक गराएको उनले बताए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १२ : ५६ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी