काठमाडौं। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बैठक बसिरहेको हो ।
आजको बैठकमा नेताहरूको कार्यविभाजन तथा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको छ ।
गएको पुस तेस्रो साता बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरे पनि अझै टुंगिएको छैन ।
उपाध्यक्ष पम्फा भुसालले बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजनको प्रस्ताव गर्दैछिन् ।



















प्रतिक्रिया