६ श्रावण २०८३, बुधबार | July 23, 2026

एकीकृत समाजवादीले टुङ्ग्यायो विभागीय जिम्मेवारी, कस्ले के पाए ?



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको जिम्मेवारी टुङ्ग्याएको छ ।

एकीकृत समाजवादीले पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी पार्टीका सम्मानित नेता झलनाथ खनाललाई तोकिएको छभने उपप्रमुखमा पार्टीका वरिष्ठ नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेललाई जिम्मेवारी दिइएको छ ।

स्क्ुल विभागको उपप्रमुखको जिम्मेवारी पाएका वरिष्ठ नेता बेदुरामलाई सङ्गठन विभागको प्रमुखको पनि जिम्मेवारी तोकिएको छ । संगठन विभागको उपप्रमुखमा रामचन्द्र यादव तोकिएका छन् ।

त्यसैगरी विदेश विभाग प्रमुखको जिम्मेवारी प्रमेश हमाल, तथा राजकीय मामिला विभाग प्रमुखमा वरिष्ठ नेता घनेन्द्र बस्नेतले जिम्मेवारी पाएका छन् । प्रचार विभाग प्रमुखको जिम्मेवारी पार्टी उपाध्यक्ष प्रकाश ज्वाला तथा उप प्रमुखमा दामोदर अर्याल र चमिना भट्टराईलाई उपप्रमुखको जिम्मेवारी तोकिएको छ ।

सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङ्कन विभाग प्रमुखमा पार्टी महासचिव घनश्याम भुसाल, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा पार्टी सचिव सावित्रा भुसाल, आर्थिक विभाग प्रमुखमा पार्टी सचिव सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै स्कुल विभागका उपप्रमुख डा. विजय पौडेललाई अर्थ योजना विभाग प्रमुख तोकिएको छ भने उपप्रमुखमा डा.चन्द्रमणि अधिकारी, पर्यटन विभाग प्रमुखमा जीवनराम श्रेष्ठ र उपप्रमुखमा हंशबहादुर शाही, कृषि तथा भूमिसुधार विभाग प्रमुखमा हरि पराजुली र उपप्रमुखमा चुनु केसी, भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुखमा रामचन्द्र झा र उपप्रमुखमा गम्भीरलाल श्रेष्ठले जिम्मेवारी पाएका छन् । स्थानीय तह विभाग प्रमुखमा कल्याणी खडका र उपप्रमुखमा मिना लामा र डा. सीता ढुङगानाले जिम्मेवारी पाउँदा स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी डा. वंशीधर मिश्र र उपप्रमुख राधा सिलवाल बनेकी छन् ।

राष्ट्रिय हित सुरक्षा विभाग प्रमुखमा साध्यबहादुर भण्डारी, जलस्रोत विभाग प्रमुखमा डा. कृष्ण पन्त, निर्वाचन विभाग प्रमुखमा दिलु पन्त र उपप्रमुखमा अम्बिका थापा, भवानी खडका, कानुन विभाग प्रमुखमा डा.देउमान सम्बाहाम्फे र उपप्रमुखमा कुलप्रसाद फुयाँलले जिम्मेवारी पाएका छन् ।

पार्टीको समाज कल्याण विभाग प्रमुखमा निरादेवी जैरु र उपप्रमुखमा मञ्जु यादव तथा विपद् व्यवस्थापन विभाग प्रमुखमा राजेन्द्रमान श्रेष्ठ र उपप्रमुखको जिम्मेवारी भास्कर काफ्लेले पाएका छन् ।

त्यस्तै उपभोक्ता हित विभाग प्रमुखमा प्राडा. इन्दु आचार्य र उपप्रमुखमा रुकमति जागरी तथा श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी सुदेश पराजुलीले पाएका छन् । विज्ञान प्रविधि विभाग प्रमुखको जिम्मेवारी शंकर पोखरेलले पाएका छन् भने खानेपानी तथा सरसफाइ विभाग प्रमुख चिरञ्जीवी आचार्य बनेका छन् ।

त्यस्तै खेलकुद विभाग प्रमुखमा देवसिंह महता र उपप्रमुखमा रिता अवाल तथा सहरी विकास विभाग प्रमुखको जिम्मेवारी कृष्णप्रसाद खनाल, वन वातावरण विभाग प्रमुखमा विजय गुरुङ र उपप्रमुखमा अम्बिका थापालाई जिम्मेवारी ताकिएको छ ।

उद्योग वाणिज्य विभाग प्रमुखमा परमानन्द भट्ट र उपप्रमुखमा गोमा तिमिल्सिना, उद्यमशिलता विकास विभाग प्रमुखमा होम बुढाथोकी, साहित्य–संस्कृति विभाग प्रमुखमा रमेशरञ्जन झालाई जिम्मेवारी तोकेको एकीकृत समाजवादीले जारी गरेको अपानीमा उल्लेख छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ११ : ४८ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क