२२ मंसिर २०८२, सोमबार | December 8, 2025

अध्यादेश निर्णायार्थ पेश गर्ने कार्यसूचीबाट पछि हट्यो सरकार



काठमाडौं । राष्ट्रियसभाबाट पारित हुने या नहुने निश्चित नभएपछि सरकारले आज संसद बैठकमा अध्यादेशलाई निर्णायार्थ पेश नगर्ने भएको छ ।

यसअघि आजैको बैठकबाट ६ वटा अध्यादेशहरु निर्णायार्थ पेश गर्नेगरी कार्यसूची बनेको थियो ।

तर राष्ट्रियसभामा निर्णायक मानिएको दल जनता समाजवादी पार्टी नेपालसँग थप छलफल बाँकी रहेको भन्दै सरकार अध्यादेश निर्णायार्थ पेश गर्ने कार्यसूचीबाट पछि हटेको हो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर अध्यादेश निर्णायार्थ पेश नगर्ने प्रधानमन्त्रीको सन्देश सुनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग आजै छलफल गरेका थिए । तर छलफलमा लेनदेनको कुरा टुंगिन बाँकी रहेको छ । जसपा नेपालले मधेशको मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेको छ ।

प्रतिनिधिसभामा सत्तापक्षको बहुमत रहे पनि राष्ट्रियसभामा सत्तापक्ष अल्पमतमा रहेको छ । जसपा नेपालको समर्थनविना राष्ट्रियसभाबाट अध्यादेश पारित हुन सम्भव देखिँदैन ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १ : ३३ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन