६ श्रावण २०८३, बुधबार | July 23, 2026

समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र? : चित्रबहादुर केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभामा बोल्दै केसीले संसद बोलाउन कसले छेकेको थियो ? भन्दै प्रश्न गरे।

‘समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने ? यही हो लोकतन्त्र ? यसो गर्नु हुँदैन,’ उनले भने, ‘संसद नचलाउने यो लोकतन्त्र होइन, अप्रजातान्त्रिक अभ्यास हो।’

सरकारले ६ वटा अध्यादेश प्रतिनिसभामा पेश गरेको छ। ती अध्यादेश के हुने भन्ने अन्योल यथावत् छ। सत्तापक्षसँग राष्ट्रिय सभामा आवश्यक संख्या नपुगेपछि अध्यादेश असफल हुने त्रासमा सत्तापक्ष छ।

सत्तापक्षले जनता समाजवादी पार्टीको साथ खोजिरहेको छ। तर, उक्त पार्टीले निःशर्त अध्यादेशलाई समर्थन नगर्ने भएको छ। उसले मधेस प्रदेशको मुख्यमन्त्री माग गरे पनि त्यसमा सत्तापक्षमा सहमति जुटिसकेको छैन।

 

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  २ : ३९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क