२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नेपालगन्जबाट आधा केजी बढी लागु औषध ब्राउन सुगर सहित एक भारतीय नागरिक पक्राउ

आजै नेपालगन्ज बसपार्कबाट ४ केजी चरेस सहित २ जना पक्राउ



नेपालगन्ज । ३६२ ग्राम ब्राउन सुगर सहित भारतीय नागरिक विशाल अहमद पक्राउ परेको पाँचौं दिनमा त्यसभन्दा बढी परिमाणको ब्राउनसुगर सहित अर्का भारतीय नागरिक पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगर १५ पुरानो ईट्टाभट्टा हुँदै नेपाल तर्फ आउँदै गरेका भारत बहराईच जिल्ला अन्तर्गत काजिपुरुवा घर भएका २१ वर्षिय अल्वक्स खाँलाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।

आज अपरान्ह ४ बजेको समयमा खाँसंगबाट शुद्ध तौल ७२२ ग्राम ६३ मिलि ग्राम ब्राउन सुगर बरामद गर्दै उनलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

पक्राउ परेका अल्वक्स खाँलाई नियन्त्रमा लिई थप अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडी बढाईएको बाँके प्रहरीको लागु औषध ब्यूरोका प्रिहरी निरीक्षक हिमराज बिकले जानकारी दिए । गत ७ गते मात्र नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषधको कारोबार गर्दै गरेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरदेवारा खटाएको टोलिले भारतको उत्तर प्रदेश जिल्ला बहराइच बस्ने ३१ वर्षीय विशाल अहमदबाट ३६२ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

नेपालगन्ज नाकामा आज बरामद भएको ब्राउनसुगरको परिमाण अहिले सम्मकै ठुलो परिमाण भएको प्रहरीको दाबी छ ।आज बरामद भएको ब्राउन सुगरको अन्तरराष्ट्रिय बजारमा ३७ लाख बढी मूल्य पर्ने बताइएको छ ।

बाँके प्रहरीले आजै नेपालगंज उपमहानगर ४ बसपार्क सडकमा चेकजाँचका क्रममा ४ केजी बढी लागु औषध चरेस सहित २ जनालाई पनि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोट खाडाचक्र नगरपालिका-१० वस्ने वर्ष ३५ का विक्रम शाही र सोही स्थानका भक्त बहादुर शाही रहेका छन् । विक्रम शाहीले चलाएको सु.प.प्र. ०१-०११ प १८५५ नं. को स्कुटरको पछाडी सवार भक्त बहादुर शाहीलाई शंका लागी चेकजाँच गर्दा भक्त वहादुर शाहीले पिठ्यु पछाडी भिरेको कालो झोला भित्र लागू औषध चरेस ४ केजि २२० ग्राम बरामद भएको पनि प्रहरीले जनाएको छ । स्कुटर सहित दुवै जनालाई नियन्त्रमा लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरी निरीक्षक बिकले बताए ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १० : ०७ बजे

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह

कृष्णभीरको अवरोधले लमजुङ-काठमाडौं यात्रा कष्टकर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं