१४ चैत्र २०८२, शनिबार | March 28, 2026

हिंसात्मक गतिविधि बन्द गर्न आयोगको आग्रह, राजतन्त्र समर्थकद्वारा भएको प्रदर्शन हिंसात्मक



काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत पक्षलाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टिकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा आन्दोलरत पक्षलाई आफ्ना प्रदर्शन र कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आग्रह गर्दै हिंसात्मक गतिविधि बन्द गर्न अनुरोध गरेका हुन् ।

उनले कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने भन्दै सरकारलाई हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न आग्रह गरेको छ ।

“समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले आज चैत १५ गते उपत्यकामा गरेको प्रदर्शन र आमसभाको आयोगले चार वटा उच्चस्तरीय टोलीहरू बनाइ अनुगमन गरेको थियो”, उनले भनेका छन्, “काठमाडौँको तीनकुनेमा राजतन्त्र समर्थकद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको छ ।”

आयोगले अनुगमन गर्दा प्रदर्शनकारी तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँवानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको, व्यक्तिको घरमा ढुङ्गा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको जनाइएको छ ।

आयोगले झडपमा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेजका भवन, तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेका दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुङ्गा प्रहार गरेका आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता डा पोखरेलले अनुगमनका क्रममा हिँडेको आयोगको अनुगमन टोलीमाथि प्रदर्शनकारीबाट कोटेश्वरमा साङ्घातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते बनाएका बताए ।

“प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहराको प्रयोग र हवाइ फायर गरेको तथा व्यक्तिको निजी आवास प्रयोग गरी अश्रु ग्यास प्रहार गरेको देखिएको छ,” उनले भने ।

आयोगले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको विषय भएता पनि आफ्नो अधिकारकोे प्रयोग गर्दा अरुको अधिकारमा असर पार्नु मानव अधिकारको मूल्यमान्यता विपरीत हुन जाने बताएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ९ : ०८ बजे

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष