३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बाँकेमा थपिए ४० संक्रमित, बर्दियामा एकाघरका ४ जनामा संक्रमण



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ४० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कायाएलय बाँकेका अनुसार बाँकमा २५ जना पुरुष र १५ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्ज र बागेश्वरी प्रयोगशालामा भएको पीसीआर परीक्षणमा नेपालगन्जका २४ जना, राष्ट्रिय वाणिज्य बैंकका ५ जना कर्मचारी, नेपाल प्रहरी ४ जना , डुडुवा गाउँपालिकाका ४ सहित ४० जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले बताए ।

आज थपिएसँगै बाँकेमा ११७९ जनामा संक्रमणि पुष्टि भएको छ भने ८०३ जनाको डिस्चार्ज भएको र ६ जनाको जिल्लामा मृत्यु भएको छ ।

उता बर्दियामाको बारबर्दिया नगरपालिका वडा नं. ३ का एउटै घर परिवारका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणका क्रममा एकै घरका ४ जना सहित वडा नम्वर ३ का ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार बारबर्दिया नगरपालिका वडा नं. ३ घर भएका २५ बर्षीय व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका व्यक्तिहरुको परिक्षण गर्दा शुक्रबार उनकै घरकाचार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पहिलो संक्रमण देखिएका उनले बारबर्दियामा सैलुन व्यवसाय सञ्चालन गर्दै आएका थिए । बारबर्दिया नगरपालिकाका जनस्वास्थ्य निरिक्षक गोविन्द पौडेलका अनुसार संक्रमण पुष्टि भएका अन्य दुइजना मध्ये एक जना उनैका घरवेटी हुन् ।

यो संगै बर्दियामाकोरोना संक्रमितको कुलसंख्या ३ सय ५७ पुगेको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ६ : ०१ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको