३ श्रावण २०८३, आइतबार | July 19, 2026

कांग्रेसको निस्कर्ष – गठबन्धन दलहरुभित्र थप समन्वय र सन्तुलन आवश्यक



काठमाडौं । नेपाली कांग्रेसले सत्तारूढ गठबन्धन दलहरुभित्र थप समन्वय र सन्तुलन आवश्यक रहेको निस्कर्ष निकालेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी र मन्त्रीहरुको संयुक्त बैठकले गठबन्धन दलहरूभित्र समन्वय र सन्तलुन आवश्यक रहेको निस्कर्ष निकालेको हो ।

बैठकपछि संचारकर्मीहरुसँग बोल्दै प्रवक्ता प्रकाशशरण महतले सरकारका प्रस्तुती अझै राम्रो हुनुपर्छ, गठबन्धन दलहरूबीच अझै समन्वय र सन्तुलन हुनुपर्‍यो भन्ने कुरामा नेताहरुको साझा मत आएको जानकारी दिए । ‘गठबन्धन दलसँग नियुक्ति लगायतमा तालमेल मिल्नुपर्छ भन्ने कुरा साथीहरूले राख्नुभयो।’

प्रवक्ता महतका अनुसार बैठकमा समग्र राजनीतिक परिस्थिति, शिक्षक आन्दोलन र आगामी केन्द्रीय समिति बैठकलगायतका विषयमा समेत छलफल भएको छ ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एवं नेता शेखर कोइरालाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका थिए । सभापति देउवाले भने प्रधानमन्त्रीसँग निरन्तर संवाद भइरहेको जनाउँदै थप समन्वयको आवश्यकताबारे कुरा राख्ने बताएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १ : १९ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : कांग्रेस निकट व्यवसायीबाट संजय थापा अध्यक्ष पदका उम्मेदवार

नेपालगन्ज । नेपालगन्जमा उद्योग वाणिज्य संघको निर्वाचन घोषणासँगै दल निकट

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

चितवन । वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, ४२ करोड अझै बक्यौता

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय