७ पुस २०८२, सोमबार | December 22, 2025

कांग्रेसको निस्कर्ष – गठबन्धन दलहरुभित्र थप समन्वय र सन्तुलन आवश्यक



काठमाडौं । नेपाली कांग्रेसले सत्तारूढ गठबन्धन दलहरुभित्र थप समन्वय र सन्तुलन आवश्यक रहेको निस्कर्ष निकालेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी र मन्त्रीहरुको संयुक्त बैठकले गठबन्धन दलहरूभित्र समन्वय र सन्तलुन आवश्यक रहेको निस्कर्ष निकालेको हो ।

बैठकपछि संचारकर्मीहरुसँग बोल्दै प्रवक्ता प्रकाशशरण महतले सरकारका प्रस्तुती अझै राम्रो हुनुपर्छ, गठबन्धन दलहरूबीच अझै समन्वय र सन्तुलन हुनुपर्‍यो भन्ने कुरामा नेताहरुको साझा मत आएको जानकारी दिए । ‘गठबन्धन दलसँग नियुक्ति लगायतमा तालमेल मिल्नुपर्छ भन्ने कुरा साथीहरूले राख्नुभयो।’

प्रवक्ता महतका अनुसार बैठकमा समग्र राजनीतिक परिस्थिति, शिक्षक आन्दोलन र आगामी केन्द्रीय समिति बैठकलगायतका विषयमा समेत छलफल भएको छ ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एवं नेता शेखर कोइरालाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका थिए । सभापति देउवाले भने प्रधानमन्त्रीसँग निरन्तर संवाद भइरहेको जनाउँदै थप समन्वयको आवश्यकताबारे कुरा राख्ने बताएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १ : १९ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत