२ श्रावण २०८३, शनिबार | July 18, 2026

बजेटलाई जनमुखी बनाउन एमालेका शीर्ष नेताद्वारा सुझाव



काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ बजेटमा सम्बोधन गरिनुपर्ने विषयमा नेकपा (एमाले)को शीर्ष तहमा छलफल भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीका शीर्ष नेताहरुबीच बजेटका विषयमा छलफल भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

“पार्टी अध्यक्ष एवं प्रधानमन्त्री बाहेक सबै सचिवालयका सदस्यहरु बैठकमा सहभागी हुनुहुन्थ्यो । बैठकमा बजेटलाई जनमुखी बनाउने विषयमा छलफल भयो ”, उनले भने, “बजेटले उत्पादन र जनताका समस्या समाधान केन्द्रित हुनुपर्ने नेताहरुले सुझाव दिनुभएको थियो ।”

उनले यसअघि यही वैशाख २१ गते बसेको सचिवालय बैठकमा सबै सचिवालयका सदस्यहरुले समय अभावका कारण सुझाव दिन नसकेपछि आज बजेटबारे छलफल गरेको बताए ।

कार्यालय सचिव डा अधिकारीका अनुसार कृषि, उद्योग, विकास निर्माणको साथै मुलुकलाई आत्मनिर्भरतामा बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने सुझाव नेताहरुले दिएका थिए । बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य र गुरु बराल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवद्वय लेखराज भट्ट, छविलाल विश्वकर्मा, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ र पद्मा अर्याल सहभागी थिए ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १ : २२ बजे

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ

चीनको चोङकिङमा पहिरो : आठको मृत्यु, ३४ जना बेपत्ता

चोङकिङ । चीनको दक्षिणपश्चिमी सहर चोङकिङमा पहिरोमा परी कम्तीमा आठजनाको

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भाद्र १ गते

नेपालगन्ज । दलगत प्रतिस्पर्धाको परम्परा रहँदै आएको नेपालगन्ज उद्योग वाणिज्य

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय