२९ मंसिर २०८२, सोमबार | December 15, 2025

लखनउमा गुडिरहेको बसमा आगलागी हुदाँ जिउँदै जलेर ५ को मृत्यु



लखनउ । आज बिहान चलिरहेको स्लीपर एसी बसमा आगलागी हुदाँ जिउँदै जलेर ५ जनाको मृत्यु भएको छ।

अचानक भएको आगालागी दुर्घटनामा ५ यात्रु जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा आमा–छोरी, दाजु-बहिनी र एक पुरुष रहेका छन् । बसमा करिब ८० यात्रु सवार थिए । बस बिहारबाट दिल्ली गइरहेको बेला सो आगलागी भएको बताइएको छ । मृत्यु हुनेमा ४४ वर्षिया लख्खीदेबी उनकी छोरी २६ वर्षिया सोनी, ३ वर्षिय देवराज, २ वर्षिय साक्षी कुमारी रहेका छन् भने एकजना पुरुषको सनाखत भएको छैन ।

मोहनलालगञ्ज नजिकैको बाहिरी चक्रपथ (किसानपथ) मा बिहान ५ बजे सो आगलागी भएको हो । त्यतिबेला अधिकांश यात्रु सुतिरहेका थिए । बसमा एक्कासी धुवाँ निस्कन थालेको यात्रुले बताएका छन् । केही मिनेटमै ठुलो आगो निस्किएको थियो ।

बस भित्र भागदौड भएको थियो । बसका चालक र कन्डक्टर जलेको बस छोडेर भागेका थिए । चालकको सिट नजिकै अतिरिक्त सिट थियो। यस्तो अवस्थामा यात्रुलाई ओर्लन समस्या भएको थियो ।

वरपरका मानिसहरूले प्रहरी र दमकललाई खबर गरेका थिए। दमकलको गाडी आइ पुग्दासम्म बस पुरै जलिसकेको थियो । दमकलले करिब ३० मिनेटमा आगो निभाएको थियो । भित्र पुग्दा ५ वटा जलेको शव भेटिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बसको आकस्मिक गेट नखुले पछि सो ठुलो दुर्घटना भएको हो । जसका कारण पछाडी बसेका मानिसहरु अलपत्र परेर आगलागीको चपेटामा परेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  १२ : २० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती