११ बैशाख २०८१, मंगलबार | April 23, 2024

बाँकेमा एकै दिन २ जना कोरोना संक्रमितको मृत्यु, ८० वर्षीया मृतकको मृत्युपछि संक्रमण पुष्टि



नेपालगन्ज । बाँकेमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत नेपालगन्ज १६ की ८० वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

आज बिहान ७ बजे मृत्यु भएकी महिलाको मध्यान्ह ३ः३० बजे मात्र कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

गत भाद्र २१ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएकी महिलाको २२ गते स्वाव संकलन गरि पीसीआर परीक्षणमा पठाईएकोमा आज बिहान उनको मृत्यु भएको थियो भने पीसीआरको रिपोर्ट मध्यान्ह पछि आएको थियो ।

मृतक महिलामा पहिलेदेखि नै उच्च रक्तचाप र मधुमेहको समस्या रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बताए ।

आजै मात्र मेडिकल कलेजमा अर्घाखाँचीको संक्रमित टिप्पर चालकको पनि मृत्यु भएको थियो । यो संगै बाँकेमा मृत्यु हुने संक्रमितको संख्या ८ पुगेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ४ : ५४ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको