३ पुस २०८२, बिहिबार | December 18, 2025

ढोरपाटन बाढीपीडितलाई यथाशिघ्र पुनर्स्थापना गर्न सरकारलाई नेता दीनानाथ शर्माको आग्रह



काठमाडौं । राष्ट्रिय सभामा सत्तापक्ष दलका नेता दीनानाथ शर्माले ढोरपाटन बाढीपीडितलाई राहत उद्दार र पुनर्स्थापनाका लागि यथाशिघ्र पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।

बागलुङ समाजले बिहीबार राति आयोजना गरेको भर्चुअल अन्तर्कियामा नेता शर्माले बाढीले बिध्वंश गरेकको स्थानको भौतिक संरचना निर्माणको काम राज्यले गर्नुपर्ने बताए ।

अहिले हाम्रा दाजुभाइ दिदीबहिनीहरू संकटमा परेको बताउँदै नेता शर्माले विदेशमा बस्ने बागलुङबासीले थालेको सहयोग पहलको स्वागत गरे । यस्तो सहयोगले पीडितलाई पुनर्स्थापना गर्न सहयोग पुग्ने विश्वास गरे ।

बागलुङबासी मानवीय सेवाभावले सहयोगका लागि जहिले पनि अग्रसर हुने गरेको स्मरण गर्दै शर्माले पीडितका लागि संकलन गरिएको राहत सहयोग पारदर्शी ढंगले पीडितसँग पुग्ने विश्वास व्यक्त गरे ।

नेता शर्माले हालसम्म वेपत्ता भएकाहरूको खोजिकार्य तिब्र बनाउन र उद्दार एवं  कुनै कमि नगर्न  सरकारसँग आग्रह गरे ।

हालैमात्र बाढी पहिरो स्थलको स्थलगत अवलोकन गरेका त्यसै क्षेत्र (बागलुङ क्षेत्र नं. २) का सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपत्तिले ठूलो मानवीय र भौतिक क्षति भएको बताए । सांसद पौडेलले पीडितलाई तत्काल राहतका साथ पुनर्स्थापना गर्ने प्रतिवद्धता जनाए ।

नेपाली काँग्रसका युवा नेता किरण पौडेलले घटना लगत्तै आफुहरू उद्दार र राहतमा जुटेको बताए । सबै पीडितलाई समान ढंगले राहत वितरण र भोलिको दिनमा हुने पुनर्स्थापनामा गर्नुपर्ने पौडेलले जिकिर गरे ।

अन्तर्कियामा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले संघको तर्फबाट ५ लाख रूपैयाँ सहयोग दिने घोषणा गरे ।

महासचिव शर्माले पीडितहरूको सहयोगका लागि एनसीसीहरूलाई आग्रह समेत गरे ।

१५ देशमा रहेका ४० जना भन्दा बढी सहभागि अन्तर्कियामा सहभागिहरूले विपत्तिमा परेका जिल्लावासी जनतालाई सहयोग गर्न आतुर रहेको बताएका थिए ।  तर, संकलित रकम पारदर्शी ढंगले प्रयोग हुनुपर्ने उनीहरूले जिकिर गरे ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  १० : १० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको