२३ चैत्र २०८२, सोमबार | April 7, 2026

भोटेकोशीको बाढीबाट भएको क्षतिप्रति प्रचण्डद्वारा दु:ख व्यक्त, उद्दार र राहतकार्यमा लाग्न निर्देशन



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै प्राकृतिक विपद्को विषम परिस्थितिमा सरकारले उद्धार, राहत र बेपत्ताको खोजीका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न जोडदार माग गरेका छन् । उनले पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन् ।

प्रचण्डले सन्देशमा भनेका छन् :

भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनाहरूमा गम्भीर क्षति पुगेको छ। बाढीले भएको क्षतिप्रति म गहिरो दुस्ख व्यक्त गर्दछु।
प्राकृतिक विपद्को विषम परिस्थितिमा सरकारले उद्धार, राहत र बेपत्ताको खोजीका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न म जोडदार माग गर्दछु। साथै, हाम्रो पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देसित गर्दछु।
मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा, सरकारले उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता छ। म सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघ संस्था र नागरिकहरूलाई यो संकटको घडीमा एकजुट भएर कार्य गर्न अपिल गर्दछु।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ९ : २९ बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै