३ पुस २०८२, बिहिबार | December 18, 2025

पूर्वी नवलपरासीमा थपिए कोरोनाका २३ जना नयाँ संक्रमित



कावसोती । नवलपरासी पूर्वमा आज २३ जनामा कोरना संक्रमण पुष्टि भएको छ ।

बिनयी त्रिबेणी गाउँ पालिका , गैडाकोट र कावासोती नगरपालिमा कोरना भाइरसका नयाँ संक्रमित देखिएका हुन

चितवनमा गरिएको परीक्षणमा २ जना र पोखरामा गरिएको परीक्षणमा २१ जना गरी २३ जना नयाँ संक्रमित थपिएका हुन् ।

थपिएका अधिकांश समुदायका हुन् । नवलपुरमा आज थपिएका २३ सहित नवलपुरमा संक्रमितको संख्या ६ सय ५ जना पुगेको छ ।

विहीबार मात्र नवलपुरमा ३३ जना निको भएर फर्किएका थिए । नवलपुरमा अहिलेसम्म ४ सय जना निको भएर फर्किएका छन् भने ३ जनाको कोरोनाको संक्रमणको कारण निधन भएको छ । नवलपुरमा अहिले २ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुरमा शुक्रबार गैडाकोटमा २ जना, विनयी त्रिवेणी गाउँपालिकामा १८ जना र कावासोतीमा ३ जना गरी २१ जना नयाँ संक्रमित थपिएका हुन् ।

शुक्रबार गैंडाकोट १ का एक जना महिला एक जना पुरुष, विनयी त्रिवेणी गाउँपालिका ३, ४ र ५ का १८ जना र कावासोती ५, ८ र १६ का गरी ३ जनामा संक्रमण देखिएको हो ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  १० : ५९ बजे

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा