५ माघ २०८२, सोमबार | January 19, 2026

छाउगोठमा सुतेकी महिलाको सर्पले डसेर मृत्यु



कैलाली । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी एक महिलाको सर्पदंशका कारण ज्यान गएको छ।

मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार महिनावारी भएका बेला छाउगोठमा बस्न गएकी कमलालाई सुतिरहेकै अवस्थामा बाँया गालामा सर्पले टोकेको थियो। अवस्था गम्भीर भएपछि उनलाई सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। तर, उपचारकै क्रममा शनिबार साँझ करिब ८ बजे उनको मृत्यु भएको हो।

सर्पदंशको घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले घटनाको विस्तृत विवरण संकलन भइरेको जनाएको छ ।

कृष्णपुर नगर प्रमुख हेमराज ओझाले कमला आउजीलाई महिनावारीका कारण छाउगोठमा सुतिरहेका बेला सर्पले टोकेको पुष्टि गरेका छन्।

छाउपडी प्रथा अन्तर्गत महिलाहरू महिनावारीका बेला घरबाट अलग राखिन्छन्, जुन अवस्था उनीहरूको स्वास्थ्य र सुरक्षाका लागि जोखिमपूर्ण बन्ने गरेको छ। एकातिर सर्पजस्ता विषालु जनावरको खतरा हुन्छ भने अर्कातिर यस्ता स्थानहरूमा यौन दुर्व्यवहारका घटना समेत हुनेगरेका छन् ।

सर्पदंशबाट भएको यस दुःखद घटनाले पुनः एकपटक छाउपडी प्रथाविरुद्ध दृढ र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

 

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : ४१ बजे

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच

प्रतिनिधिसभा निर्वाचनमा लड्न बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा

हेटौंडा । बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट

सञ्चारमन्त्री जगदीश खरेलले दिए पदबाट राजीनामा, ललितपुर-२ बाट चुनाव लड्ने घोषणा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा