११ असार २०८३, बिहिबार | June 25, 2026

दीप, जो अझै बलिरहेको छ …



घडीको सुई झैँ थर्थराएको, अन्तिम सासको अठोट,
‘माइला, यो दीप बालेँ म,
तँ उज्यालो बनिस् भने,
अँध्यारोले थाक्नेछ।’

कल्पना पौडेल ‘जिज्ञासु’

त्यसै दिन, एउटा बीउ चुपचाप उम्रिएको थियो,
माटोभित्र क्रान्तिको जरा गाड्दै,
न रुवाइ थियो त्यो, न हाँसो—
थियो केवल वाचा:
रगतले लेखिने शपथको बीउ।

राणाका दरबार थिए इँटा,
जुन सिसा थिएन्,
भत्काउन सजिलो थिएन।
तर त्यो बीउ,
लहरा बनेर अंकुरायो,
र अन्ततः झिल्के बन्यो ।
‘जनता’को फाटेको मनमा,
मलम लगाउन
उनि नेलमा सजिए।
तर त्यहाँ थियो सत्यको प्रतिबिम्ब,
विचारको शक्ति च्यातिएको थिएन।
कलकत्ताको धुवाँभित्र
एउटा भेट भयो—
अजय चक्रवर्तीको आँखामा पढिएको एक दर्शन,
जसले ‘पार्टी’ होइन,
‘आस्था’ जन्मायो।

विचारको तेलले
बल्ने,
पुष्पलाल बने
दीप ,
उनले अनुवाद गरे घोषणापत्र—
तर शब्दहरू मात्र होइन,
विचारको मुटु अनुवाद भयो,
नेपाली आत्मामा।

बन्दीपुरमा उनी बीउ जस्तै बिउँझिए
सोभियत, चीन—सबै यात्राहरू
तिनै जरा फिजाउने प्रयास थिए
शून्यमा हराएको सपनाको
नक्सा कोर्न।

तर जब पञ्चायतले कालो बादल ओढ्यो,
उनि आकाश भए,
गर्जन भए,
भूमिगत पृथ्वी भए
जहाँ सपना धेरै बाँकि थिए,
अन्ततः—साउन ७
भौतक सरिरमा लाग्यो बिन्दु,
तर विचारमा लागेन पूर्णविराम ,
जसको रेखा अझै निरन्तर छ
हाम्रो आत्माभित्र बगिरहेको छ।

उनि मरेनन्।
उनि दुबो बनेर उम्रिरहेका छन,
हाम्रै छातीभित्र
हरपल एक प्रश्नको रूपमा–
दीप बालेका थियौँ
विचारको उज्यालो छर्न,
के तिम्रो सपना
पुरा भएको छ
आज ?

खजुरा बाँके

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  २ : ०९ बजे

जुम्लाको टम्टी आसपास ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी

आज निर्जला एकादशी : तुलसीको दल राख्ने विशेष दिन

काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी देशभर

फिफाको निलम्बनमा पर्‍यो एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा