२९ असार २०८३, सोमबार | July 13, 2026

‘मानव अधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनमा सहयोग पु-याउँछ’



ललितपुर । मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनमा सहयोग पु(याउने बताएका छन् ।

सोह्रौँ मानव अधिकार राष्ट्रिय महाभेलाको प्रतिवेदन तथा दस्तावेजहरुसहितको जिम्मेवारी १७औँ मानव अधिकार राष्ट्रिय महाभेला आयोजक समितिलाई हस्तान्तरण गर्न आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष मगरले मानव अधिकारका क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेकाले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए ।

“मानव अधिकारका क्षेत्रमा गर्नुपर्ने काम धेरै छन्, छाउपडी प्रथाको अन्त्यका लागि मनस्थितिमा परिवर्तन गर्न लाग्नुपर्ने जरुरी छ, बालविवाह हटाउन ध्यान दिनुपर्नेछ, ज्येष्ठ नागरिकका समस्याका विषयमा पनि ध्यान दिनुपर्ने छ, जलवायु न्यायका कुरा आइरहेको छ”, उनले भने ।

आयोगका सदस्य मिहिर ठाकुरले विश्वको तुलनामा नेपाल मानव अधिकारको क्षेत्रमा सैद्धान्तिक रुपमा अगाडि रहे पनि व्यावहारिक रुपमा प्रयोग र कार्यान्वयन गर्ने सन्दर्भमा अझै पछाडि रहेकाले एकताबद्ध भएर काम गर्न आवश्यक रहेकामा जोड दिए ।

आयोगका सदस्य लिली थापाले १७औँ मानव अधिकार राष्ट्रिय महाभेलाको नेतृत्व गर्ने अवसर महिलाले पाएकामा गर्व गर्दै मानव अधिकार आयोगको संरचनाभित्रै मानव अधिकार महाभेलाको कार्य तथा योजनाहरुलाई समावेश गराउन मानव अधिकारसँग सम्बद्ध सङ्घसंस्थाहरुलाई आग्रह गरिन् ।

सचिव मुरारी खरेलले १६औँ मानव अधिकार राष्ट्रिय महाभेलासम्मका विषयवस्तुहरुलाई साराँशमा उतारेर आयोगलाई सुझावका लागि प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

मानव अधिकार राष्ट्रिय महाभेलाका संस्थापक चरण प्रसाईंले मानव अधिकार राष्ट्रिय महाभेला संस्थागत हुँदै गएकाले मानव अधिकारका क्षेत्रमा आवाज उठाउनेहरु १० डिसेम्बरका अवसरमा एकताबद्ध भएर अधिकारका पक्षमा आवाज उठाउने बृहत् मञ्च सृजना भएको धारणा राख्नुभयो ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ४ : ३३ बजे

‘हरित आय’ले बदलेको महिलाको दैनिकी

बागलुङ । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र खेतबारीकै

पूर्वाधार विकासमा अग्रसर व्यास

तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

खोटाङ । निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ । असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि