४ पुस २०८२, शुक्रबार | December 20, 2025

बर्दियामा अहिलेसम्म कै धेरैजनामा कोरोना संक्रमण



गुलरिया । बर्दियामा अहिले सम्म कै धेरै जनामा कोरोना संक्रमित पुष्टि भएका छन । पछिल्लो २४ घण्टामा बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा गरी बढि कोरोना संक्रमित फेला परेका हुन ।

राप्ती विज्ञान प्रतिष्ठान दाङ्गमा गरीएको गरीएको परिक्षणमा बाँसगढी नगरपालिकाका ५८ जना र बढैयाताल गाउँपालिकाका ३ जना गरी ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै चौधरी ग्रुपले सञ्चालन गरेको चाउचाउ उद्योगका कर्मचारीको परिवारका सदस्यहरु हुन् । चौधरी ग्रुपकाका ४२ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएका थिए ।

उनीहरुको सम्पर्कमा रहेका घरपरिवारका सदस्यहरुको स्वाव परिक्षण गर्दा कोरोना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए ।

पछिल्लो पटक थपिएका सबै समुदायका व्यक्ति हुन् । बर्दियामा हालसम्म ५१५ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ३३५ जना निको भइ घर फर्किसकेका छन् । भारी मात्रामा कोरोना संक्रमित फेला परेपछि बाँसगढी नगरपालिकामा थप तिन दिन निषेधाज्ञा थप गरीएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले थप तिन दिन निषेधाज्ञा गर्ने निर्णय गरेको सुचना अधिकारी नारायण ढकालले बताएका छन् । बाँसगढी नगरपालिकामा गत भदौ २२ गतेबाट निषेधाज्ञा जारी गरीएको थियो । आगामी भदौ ३१ गते मध्यराती सम्म निषेधाज्ञा जारी रहने छ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ७ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको