१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

भारतीय विदेशसचिव विक्रम मिश्री आइतबार काठमाडौं आउँदै



काठमाडौं । भारतका विदेशसचिव विक्रम मिश्री भोलि आइतबार दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदैछन्।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नेपाल आगमनबारे जानकारी दिएको हो।

भ्रमणको क्रममा मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण तयारीसँगै उनको भेटघाट महत्वपूर्ण मानिएको छ। प्रधानमन्त्री ओली भदौ अन्तिम सातातिर भारत जाने तयारीमा छन्।

मिश्री परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा नेपाल–भारत साझेदारीका विभिन्न पक्षबारे दुवै देशका परराष्ट्र सचिवबीच विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुईदिने नेपाल बसाइ पूरा गरी मिश्री भदौ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ३ : २८ बजे

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी