५ चैत्र २०८२, बिहिबार | March 19, 2026

बिना अनुमति नेपाल प्रवेश गरेको भारतीय कार सहित एकजना बुटवल प्रहरीको नियन्त्रणमा



बुटवल । भारतबाट बिना अनुमति र बिना भन्सार नेपाल प्रवेश गरेको भारतीय नम्बरको कार सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको बुटवल उप-महानगरपालिका वडा नं १७ रानिगन्ज स्थित बुटवल बाट रानिगंज हुदैं बेथरी जाने सडकखण्डबाट भारतीय नम्बर प्लेटको कार सहित कपिलबस्तु महाराजगन्ज नगरपालिका वडा नं. ३ करहवा स्थायी ठेगाना भई बुटवल उप-महानगरपालिका वडा न. १७ रानिगन्ज बस्दै आएका ३० वर्षिय प्रिन्स भुजलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा जिल्ला भुजले चलाएको भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको अन्दाजी मूल्य २६ लाख बराबरको AS11W1250 नम्वरको मोडल नं. २०२१ टाटा नेक्सन कम्पनिको सेतो रंगको कार सहित प्रिन्स भुजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भुजलाई गते आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  १० : ०२ बजे

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे