काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले मंगलबार आफ्नो चौथो खेल खेल्दैछ । नेपाली समयअनुसार सोमबार बिहान ११:१५ बजे नेपालले हुरिक्यान्ससँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले हालसम्म सिरिजमा खेलेका तीन खेलमा हार बेहोर्नु परेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो भने तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो ।
नेपालसामु आजको खेल जित्नै पर्ने दबाब छ ।
नेपाली टिम
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।


















प्रतिक्रिया