काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमै ११४ रनमा समेटिएको हो ।
नेपालको जितमा बलर नन्दन यादव नायक बने । उनले ३ ओभर बलिङ गर्दै १७ रन खर्चिएर ५ विकेट हात पारे । कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले १-१ विकेट लिए ।
होबार्टका लागि ब्राड होपले ३१, चार्ली वाकिमले २८ तथा जेन कर्टेनले २० रन योगदान गरे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ३३, आशिफ शेखले २९, कुशल भुर्तेलले २७, लोकेश बमले अविजित २५, भीम सार्कीले १८ रन जोडे । कप्तान रोहित पौडेल ९, कुशल मल्ल ६, करण केसी १ रनमा आउट भए भने नन्दन यादव १ रनमा अविजित रहे ।
हुरिकेन्सका बलरमध्ये निभिथन राधाकृष्णन र रफ म्याकमिलिनले २-२ विकेट लिए । मार्कस बेन, ग्याबी बेल र ब्रान्डली होपले १-१ विकेट हात पारे । आजको खेलमा उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई खराब फर्मका कारण बेन्चमा राखिएको थियो । त्यस्तै सोमपाल कामी, साहब आलम, गुल्शन झा र रुपेश सिंह पनि प्लेइङ ११ मा परेनन् ।
नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग, दोस्रो खेलमा शनिबार बंगलादेश एसँग र तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग पराजित भएको थियो । नेपालले अब भोलि मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ ।


















प्रतिक्रिया