२० मंसिर २०८२, शनिबार | December 6, 2025

टप एन्ड टी-२० सिरिज : आज मेलबर्न रेनेगेड्स एकेडेमीसँग भिड्दै नेपाल



काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत नेपालले बुधबार आफ्नो पाँचौँ खेल खेल्दैछ । नेपाली समयअनुसार बिहान ११:१५ बजे नेपालले अस्ट्रेलियाको मेलबर्न रेनेगेड्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले अहिलेसम्म सिरिजमा खेलेका चार खेलमध्ये तीनमा पराजय र एकमा जित निकालेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले नेपाल पराजित भएको थियो । तर, चौथो खेलमा मंगलबार नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराउँदै पहिलो जित दर्ता गरेको हो ।

११ टिम सहभागी सिरिजको अंक तालिकामा नेपाल ९औँ स्थानमा छ । आजको खेल जित्दै टिमले अग्रता लिने दबाब रहेको छ । मेलबर्नले भने तीन खेल खेल्दै दुई जित र एक हारसहित चार अंक जोडेको छ र हाल तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

नेपालले यो सिरिजको अन्तिम खेल शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्नेछ ।

नेपाली टिम:

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ७ : ३९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय