काठमाडौं । भक्तपुर जिल्ला अदालतले सामाजिक अभियन्ता भनिएकी आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र अर्का प्रतिवादी शरण तिरूवालाई आपराधिक उपद्रव मुद्दामा दोषी ठहर गर्दै कैद सजाय तोकेको अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् ।
उनीहरूलाई कैद सजायसँगै जनही ५ सय रुपैयाँ जरिवाना, ८ हजार ३ सय रुपैयाँ क्षतिपूर्ति पीडितलाई बुझाउने र पीडित राहत कोषमा २०० रुपैयाँ योगदान गर्ने आदेश दिइएको छ ।
सूर्यविनायक नगरपालिकाले साँगामा निर्माण गरेको झोलुङ्गे पुलमा रकम उठाउने विषयमा आशिका लगायतले अवरोध पुर्याएको र पालिकाले राखेको सूचना च्यातेको आरोप थियो । सोही आधारमा नगरपालिकाले प्रहरीमा जाहेरी दर्ता गरेको थियो ।
उक्त घटनाबारे प्रहरी, सरकारी वकिल र अदालतमा आशिका तामाङले गल्ती स्वीकार गरेको समेत जानकारी गराइएको छ ।



















प्रतिक्रिया