काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक बाटोबाट नभई तोडफोड र आगजनीबाट बनेको दाबी गरेका छन् ।
बिहीबार भक्तपुरमा एमाले निकट युवा संघद्वारा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार आतंक फिजाएर बनेको बताएका हुन् । उनले सरकार लाई सुरक्षा दिन्नँ भन्ने अधिकार नभएको बताए । उनले सुविधा नदिए पनि सुरक्षा भने दिनुपर्ने बताए । उनले सुशीला कार्की नेतृत्वको सरकारलाई हाहुको सरकारको संज्ञा दिए ।
सरकारले विभिन्न उच्च पदस्थहरूको पासपोर्ट रोक्का गर्ने तयारी अघि बढाएकोबारे ओलीले हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश नभाग्ने बताए ।
निवर्तमान प्रधानमन्त्री समेत हरेका ओलीले आफ्नो निजी घरको लोकसेन ट्र्याक गरेर घर घेर्न जाऔं भन्दा सरकार के हेरेर बसेको ? भन्दै प्रश्न गरे ।
उनले भाद्र २३ गते आफुले गोली चलाउन आदेश नदिएको स्पष्टीकरण पनि दिए । ओलीले आफूले प्रहरीलाई दिएको निर्देशन रेकर्डेड रहेको भन्दै त्यो बाहिर ल्याउन सुझाव दिए ।
‘त्यतीबेला कर्मचारीलाई दिएको निर्देशन, प्रहरीलाई दिएको निर्देशन दिएको, रेकर्डेड छन्। बाहिर ल्याओस्। हामी छलछाम गर्दैनौँ। हामीले भनेका कुरा सरकारले एक्सपोज गरोस्।’ उनले भने ।
उनले सरकारले सुविधा, गाडी, पासपोर्ट रोक्ने लगायतका मुद्दा चलाउने भनेको भन्दै आफुलाई सुबिधा नचाहिएपनि सुरक्षा दिने सरकारको कर्तब्य भएको बताए ।
‘


















प्रतिक्रिया