१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पदाधिकारी बैठकमा गगन थापाले राखे नियमित महाधिवेशनको प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन्।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले उक्त प्रस्ताव अघि सारेका हुन्।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वमहामन्त्री शशांक कोइरालाले थापाको प्रस्तावबारे जानकारी दिँदै भने, “बैठकमा महामन्त्री गगन थापाले नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेश गर्नुभएको छ।”

भदौ २३२४ मा भएको जेनजी आन्दोलनपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा नेतृत्व परिवर्तनको विषयलाई जोडतोडका साथ उठाउँदै आएका छन् । महामन्त्रीद्वयले पार्टीको यसअघिको अधिवेशनको चार वर्षे कार्यकाल मंसिरमै पूरा हुने भएकाले यही अवधिभित्र नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशन २०७८ साल मंसिर महिनामा भएको थियो।

सानेपामा जारी बैठकमा असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको कार्यसूचीबारे पनि छलफल भइरहेको बताइएको छ।

आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने सहभागी भएनन् । तर, देउवा केन्द्रीय कार्यसमितिको बैठकमा भने सहभागी हुने बताइएको छ । जेनजी आन्दोलनको क्रममा देउवा दम्पत्तिमाथि आन्दोलनकारीले सांघातिक आक्रमण गरेका थिए । त्यसपछि लामो समय उनीहरु उपचार गरेर निको भएपछि हालैमात्र नयाँ डेरामा बस्न थालेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ४ : ४६ बजे

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको