३० असार २०८३, मंगलबार | July 15, 2026

एमाले सचिवालय बैठक : नेतृत्व परिवर्तन देखि बिद्या भण्डारीलाई स्वागत सम्मको छलफल



भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ५८औँ सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको छ ।

आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको बैठकमा महाधिवेशन छिट्टै गर्ने बारेमा छलफल भएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै ज्ञवालीले भने, “पार्टीको एकतालाई सुदृढ गर्नुपर्नेछ, नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ, पुस्तान्तरण गर्नुपर्ने कुरा उठेका छन्, ती सबै कुरालाई पार्टीको महाधिवेशन गर्नेछ ।”

पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नु पर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि बढाएर जाने बैठकले निष्कर्ष निकालेको उनले बताए ।

बैठकमा भदौ २३ र २४ को जेनजी आन्दोलनबारे सविस्तार समीक्षा गरिएको नेता ज्ञवालीले जानकारी दिए । उनले भने, “भदौ २३ गते जेनजी युवाहरूले राखेका आवाज स्वाभाविक थिए, आन्दोलन शान्तिपूर्ण हुन्छ, निषेधित क्षेत्र तोड्दैनौँ, सुशासन र भ्रष्टाचार विरुद्धको आन्दोलन शान्तिपूर्ण हुन्छ भन्नुभएको थियो तर त्यसो भएन ।”

सरकारले राष्ट्रिय एकता कायम गर्नुपर्ने, दललाई निषेध नगरी एकता बनाएर जानु पर्ने र सिँगो देशलाई एक ठाउँमा उभ्याएर एकताको वातावरण सृजना गर्नुपर्ने उनले बताए ।

आजको बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीका पुराना नेताहरू सबैले विदा लिनुपर्ने प्रस्ताव राखेकी थिइन् ।

पार्टी सचिवालय बैठकमा लिखित मन्तव्य राखेकी शाक्यले पुराना जतिले बिदा लिनुपर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । शाक्यले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर सहज निकास दिनुपर्ने बताएकी बैठकमा सहभागी एक सदस्यले बताए । बैठकमा अर्का उपाध्यक्ष बिष्णु पौडेलले बिद्या भण्डारीलाई स्वागत गर्न ढिलाई गर्न नहुने बताउको एमाले स्रोतले दाबी गरेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल र रामबहादुर थापा बादलले यो प्रसंग बैठकमा राखेको स्रोतको दाबी छ । बैठक शनिबार पुनः बस्नेछ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ९ : ४२ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित