काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरको गुण्डुमा बस्नेछ ।
शुक्रबार सुरु भएको सचिवालय बैठक शनिबार पनि बस्ने तय गरिएको थियो, तर अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित गरी आइतबारका लागि सारिएको हो ।
शुक्रबारको बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ को समीक्षा, पार्टीको आगामी महाधिवेशन तयारी तथा संगठन सुदृढीकरणलगायत विषयमा छलफल गरिएको थियो ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने क्रम आज पनि जारी रहनेछ ।


















प्रतिक्रिया