काठमाडौं । नेकपा (एमाले)को आगामी मंसिरको अन्तिम साता ११औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।
आइतबार अध्यक्ष केपी ओलीको निवास भक्तपुरको गुण्डुमा बसेको ५८ औं सचिवालय बैठकले अर्लि महाधिवेशन गर्ने निर्णय गरेको हो ।
सो महाधिवेशनको मिति र समय भने पछि तय हुने प्रचारविभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए ।सचिवालयको निर्णयलाई अनुमोदन गर्न असोज २९ ३० र ३१ गते केन्द्रीय कमिटी बैठक बस्दैछ ।
एमालेको १० औं महाधिवेशन २०७८ मंसिर १० देखि १४ गतेसम्म भएको थियो। गत भदौमा पार्टीको विधान महाधिवेशन भएको थियो । तर, जनेजी आन्दोलनको रापतापका कारण एमालेले पनि अर्लि महाधिवेशनमा जान बाध्य भएको हो । एमालेभित्र नेतृत्व परिवर्तनको बहस पछिल्लो दिन व्यापक बन्दै गएको छ ।


















प्रतिक्रिया