काठमाडौं । संसद् विघटन असंवैधानिक भएको भन्दै नेकपा एमाले अदालत जाने भएको छ । भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले अदालत खुल्नासाथ अदालत जाने निर्णय गरेको हो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने निष्कर्षमा एमाले पुगेको जानकारी दिए। उनले संसद् पुनर्स्थापनाका लागि अदालत जाने निर्णय भएको जानकारी दिए । प्रतिनिधि सभाको विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको एमालेको ठहर छ।
मध्यान्ह १२ बजेदेखि भक्तपुरस्थित अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा ९ घन्टा बसेको बैठकले लोकतन्त्र पक्षधरबीच मिलेर सयुंक्त आन्दोलनका लागि आह्वान गर्ने निर्णय भएको पनि ज्ञवालीले बताए ।
संविधान जोगाउन लोकतान्त्रिक दल मिलेर एक पटक आन्दोलन गर्नुपर्ने निष्कर्ष निकाल्दै लोकतन्त्र पक्षधर दललाई आह्वान गर्ने निर्णय गरेको उनले बताए।


















प्रतिक्रिया