४ चैत्र २०८२, बुधबार | March 19, 2026

देश बर्बादीतर्फ धकेलिएको छ : केपी ओली

“एकछिनको सरकार परिवर्तनले एमालेलाई सधैंका लागि हटायो भन्ने भ्रम नपसाओस्”



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सरकारबाट केही समयका लागि हटाइएकै कारण सधैंका लागि सत्ताबाट बाहिरियो भन्ने भ्रममा नपर्न चेतावनी दिएका छन्।

ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकलाई बुधबार सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।

ओलीले देश हाल प्रतिक्रान्तितर्फ धकेलिँदै गएको उल्लेख गर्दै त्यस अवस्थालाई रोक्न एमालेले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

‘देश बर्बादीतर्फ धकेलिएको छ,’ उनले भने, ‘अब हामीले लोकतान्त्रिक, जनपक्षीय, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र विकासमुखी बाटोतर्फ देशलाई फर्काउनुपर्नेछ।’

अध्यक्ष ओलीले नेकपा एमाले देशको कम्युनिस्ट आन्दोलनको मुख्यधारा रहेको उल्लेख गर्दै पार्टीका नीतिहरू राम्रो भएकै कारण निरन्तर प्रहारको निसानामा परेको दाबी गरे।

उनका अनुसार, सरकारमा रहँदा एमालेले जनहितका नीति र कार्यक्रम अघि सारेको थियो। ‘हामी सरकारबाट हट्यौं, त्यो अस्थायी हो। कसैलाई मान्छे मन नपर्नु वा पार्टी मन नपर्नु बेग्लै कुरा हो,’ उनले भने, ‘तर देशका लागि नेकपा एमाले अपरिहार्य छ। एकछिनको परिवर्तनले हामी सधैंका लागि हट्यौं भन्ने भ्रम पाल्न आवश्यक छैन।’

ओलीले सरकारमा रहँदा कतिपय समयमा आफ्नै पार्टीका नेताहरूबाट पनि विरोध सामना गर्नुपरेको बताएका छन्। संविधान जारी भएदेखिनै एमालेलाई सरकारमा आउन नदिने षड्यन्त्र चल्दै आएको दाबी गर्दै उनले भने, ‘हामीलाई किन निसाना बनाइन्छ रु किनभने हामीले खराब काम गरेका होइनौं, बरु राम्रा नीति अवलम्बन गरेका हौं।’

उनले अन्त्यमा एमाले देश र जनताको हितमा निरन्तर अग्रसर रहने दृढता व्यक्त गरे।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १२ : ३८ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन