४ चैत्र २०८२, बुधबार | March 18, 2026

सुकुम्वासी बस्तीमा पुगेर दुर्गा प्रसाईले भने : ‘अब बालेन र सबै दललाई ठेगान लगाइन्छ’



काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध लड्न सहयोग गर्ने घोषणा गरेका छन् । आइतबार बिहान उनी मनोहरा सुकुम्वासी बस्ती पुगेका थिए, जहाँ उपस्थित स्थानीयहरूसँग उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नै अभियानमा समर्थन जनाउन आग्रह गरे ।

त्यहाँ उपस्थित भीडलाई सम्बोधन गर्दै प्रसाईंले बालेन शाह र उनका सहकर्मीहरूलाई भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाए । उनले भिक्टर पौडेलले बालेनसँग मिलेर बब्लु गुप्तालाई मन्त्री बनाउन दुई करोड रुपैयाँ लिएको दाबी गरे ।

दलहरूले सुकुम्वासीहरूलाई केवल ‘भोट बैंक’का रूपमा प्रयोग गरेको आरोप लगाउँदै प्रसाईंले भने, “म भोट माग्न आएको होइन, सबै सुकुम्वासीलाई पक्की घर बनाउन सहयोग गर्न आएको हुँ ।” उनले सबै राजनीतिक दल र मेयर बालेन शाहलाई “ठेगान लगाउने” चेतावनीसमेत दिए ।

यसैबीच, काठमाडौं महानगरपालिकाले सुकुम्वासी बस्ती खाली गर्न दिएको एक साताको ‘अल्टिमेटम’ आइतबार सकिँदैछ । अल्टिमेटम समाप्त भएपछि महानगरले बस्ती खाली गराउने तयारी गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : ५६ बजे

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

काठमाडौंमा आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच