काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।
पार्टी कार्यालय च्यासलमा बैठक बसिरहेको हो । गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको पार्टी कार्यालयलाई मर्मत गरेपछि पहिलोपटक सचिवालय बैठक आफ्नै भवनमा बसेको हो ।
बैठकमा यही मंसिर २७–२९ गते हुने महाधिवेशनको तयारीका विषयमा छलफल हुँदैछ । बैठकले महाधिवेशनका व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गर्नेछ ।
आजकै बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफुलाई अध्यक्षको उम्मेदवारको रुपमा पेश गर्ने बताइएको छ ।
यस्तै शनिबार मंसिर ६ गते काठमाडौंमा आयोजना हुने प्रदर्शन, संसद पुनस्र्थापनाका लागि अदालत र सडकबाट गर्ने भनिएको दबाबपूर्ण आन्दोलन लगायतका विषयमा पनि छलफल भै निस्कर्ष निकालिने छ ।


















प्रतिक्रिया