१३ भदौ २०८३, शनिबार | August 29, 2026

आगजनी-तोडफोड गर्ने तथा ‘राक्षसी शासन’ थोपर्न खोज्नेको प्रतिरोध : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अलोकतान्त्रिक दिशातिर धकेल्ने प्रयासहरूलाई एमालेले कडा रूपमा रोक्ने घोषणा गरेका छन्।

शुक्रबार काठमाडौंमा पार्टीको नयाँ लडाकु संरचना नेशनल भोलिन्टियर्स फोर्स को औपचारिक घोषणा गर्दै उनले वर्तमान राजनीतिक वातावरण र सरकारको व्यवहारप्रति तीव्र असन्तोष व्यक्त गरे।

उनले मुलुकमा अराजकता फैलाउने, आगजनी-तोडफोड गर्ने तथा ‘राक्षसी शासन’ थोपर्न खोज्ने जोसुकैलाई भोलिन्टियर्सले प्रतिरोध गर्ने चेतावनी दिए । पछिल्लो समय ‘जेनजी’ नाममा भइरहेका गतिविधि वास्तविक युवापुस्ता नभई ‘नक्कली समूह’को षड्यन्त्र भएको उनले आरोप लगाए। “अराजक गतिविधि जेनजीका नाममा लुकाएर गरिँदैछ। यस्तो उपद्रव सरकारले तुरुन्त रोक्नुपर्छ,” उनले स्पष्ट गरे।

ओलीले सरकारले चुनावको कुरा गरे पनि नेताहरूलाई सभामा जान नदिने, भाषण रोक्ने, शान्तिपूर्ण भेलामा अवरोध गर्ने अधिनायकवादी प्रवृत्ति देखाएको आरोप पनि लगाए ।

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा पुनर्स्थापनाबारे राजनीतिक दलहरूसँग छलफल गर्दै व्यक्त गरेको अभिव्यक्तिप्रति पनि ओलीले कडा आपत्ति जनाए। कार्कीले पुनर्स्थापना भए अझै अस्थिरता बढ्न सक्ने संकेत गरेकी थिइन्।

त्यसप्रति प्रतिक्रिया दिँदै ओलीले भने, “यदि सरकार संविधानसम्मत छैन भने विद्रोह हुन्छ रेरु को विद्रोह गर्छ ? नेपाली जनतालाई धम्क्याएर फेरि आगो लगाउने कुरा हो ? प्रधानमन्त्रीज्यू, यो योजना हो कि अनुमान ? योजना हो भने सपना नदेख्नुस्, अनुमान हो भने डराउन छाड्नुस्। नेपाली जनतालाई पनि डर देखाउन छाड्नुस्।”

ओलीले नेशनल भोलिन्टियर्स फोर्स स्थानीय तहसम्म विस्तार गरी राष्ट्रिय सम्पत्ति, सामाजिक शान्ति र लोकतान्त्रिक अधिकारको रक्षा गर्न भूमिका निर्वाह गर्ने पनि बताए।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ३ : २४ बजे

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा