२२ भदौ २०८३, सोमबार | September 7, 2026

प्रदेश ५ राजधानी बुटवलमा कोरोना संक्रमणको दर उकालो चढ्दै, मंगलबार पनि थपिए ३३ नयाँ संक्रमित



बुटवल । प्रदेश ५ को राजधानी बुटवलमा हरेक दिन कोरोना संक्रमणको ग्राफ उकालो चढिरहेको छ । बुटवलमा आज पनि ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

बुटवल उपमहानगरको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार मंगलबार पनि बुटवलको वार्ड नम्बर ११ले सबै वार्डहरुलाई उछिनेको छ । वार्ड नम्बर ११ मा मंगलबार ७ नयाँ संक्रमित थपिएसँगै सो वडामा कुल संक्रमितको संख्या १६७ पुगेको छ । उपमहानगरमा दोस्रो स्थान ओगटेको वार्ड नम्बर ३ मा मंगलबार २ जना थपिएर कुल संक्रमतिको संख्या ७७ पुगेको छ । त्यसैगरि बुटवलको वार्ड नम्बर ४ मा ७ जना, वार्ड नम्बर ७ मा ४ जना, वार्ड नम्बर ६ र ९ मा ३।३ जना, वार्ड नम्बर १० मा २ जना तथा वार्ड नम्बर २, ८ र १३ मा १।१ संक्रमित थपिएका छन् । बुटवलमा वार्ड नखुलेका २ जनामा आज पनि २ जनामा कोरोना संक्रमित थपिएका छन् ।

बुटवलमा १४ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ भने उपमहानगरमा कुल संक्रमित हुनेको संख्या ७७३ पुगेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ६ : ०८ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११