२२ बैशाख २०८१, शनिबार | May 4, 2024

प्रदेश ५ राजधानी बुटवलमा कोरोना संक्रमणको दर उकालो चढ्दै, मंगलबार पनि थपिए ३३ नयाँ संक्रमित



बुटवल । प्रदेश ५ को राजधानी बुटवलमा हरेक दिन कोरोना संक्रमणको ग्राफ उकालो चढिरहेको छ । बुटवलमा आज पनि ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

बुटवल उपमहानगरको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार मंगलबार पनि बुटवलको वार्ड नम्बर ११ले सबै वार्डहरुलाई उछिनेको छ । वार्ड नम्बर ११ मा मंगलबार ७ नयाँ संक्रमित थपिएसँगै सो वडामा कुल संक्रमितको संख्या १६७ पुगेको छ । उपमहानगरमा दोस्रो स्थान ओगटेको वार्ड नम्बर ३ मा मंगलबार २ जना थपिएर कुल संक्रमतिको संख्या ७७ पुगेको छ । त्यसैगरि बुटवलको वार्ड नम्बर ४ मा ७ जना, वार्ड नम्बर ७ मा ४ जना, वार्ड नम्बर ६ र ९ मा ३।३ जना, वार्ड नम्बर १० मा २ जना तथा वार्ड नम्बर २, ८ र १३ मा १।१ संक्रमित थपिएका छन् । बुटवलमा वार्ड नखुलेका २ जनामा आज पनि २ जनामा कोरोना संक्रमित थपिएका छन् ।

बुटवलमा १४ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ भने उपमहानगरमा कुल संक्रमित हुनेको संख्या ७७३ पुगेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ६ : ०८ बजे

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुँदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा

मुम्बईमाथि कोलकोता २४ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन