४ पुस २०८२, शुक्रबार | December 19, 2025

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

'राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेजस्तो नक्कली आवरणको पार्टी एमाले होइन'



काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पुर्‍याउने दृढता व्यक्त गरेका छन् ।

११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले महाधिवेशनको मतपरिणामलाई स्वीकार गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढेको स्पष्ट पारे । ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पुर्‍याउने दृढता व्यक्त गरे ।

पार्टी अब नयाँ एकताका साथ अघि बढ्ने स्पष्ट पार्दै अध्यक्ष ओलीले सबैको एउटै आवाज हुनुपर्नेमा जोड दिए । “हामी नयाँ एकताका साथ अगाडि बढ्छौँ । पार्टीभित्र एक स्वर आवश्यक छ,” उनले भने ।

अध्यक्ष ओलीले पार्टीभित्र अनुशासन सबैभन्दा महत्वपूर्ण आधार भएको बताए । पार्टीको छविमा आँच आउने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै उनले दृढ अनुशासनमा बस्नुपर्नेमा जोड दिए । “अनुशासन मानव समाजको अनिवार्य आवश्यकता हो । अनुशासन बिना समाज सम्भव हुँदैन,” उनले भने, “हामी राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउनेजस्तो नक्कली आवरणको पार्टी होइनौँ । यस्तो पार्टीमा दृढ विश्वास आवश्यक हुन्छ । हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो ।”

ओलीले ११औं महाधिवेशन सबै दृष्टिकोणबाट सफल भएको दाबी गरे । उनले महाधिवेशनको नतिजा सिंगो पार्टीको सामूहिक प्रयासबाट प्राप्त भएको उल्लेख गर्दै त्यसलाई सम्पूर्ण पार्टीले स्वीकार गरेको बताए ।

ओलीले दोस्रो विधान महाधिवेशनले अघि सारेका नीति तथा दिशानिर्देशन अनुसार पार्टी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : ३६ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा