२१ असार २०८३, आइतबार | July 5, 2026

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

'राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेजस्तो नक्कली आवरणको पार्टी एमाले होइन'



काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पुर्‍याउने दृढता व्यक्त गरेका छन् ।

११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले महाधिवेशनको मतपरिणामलाई स्वीकार गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढेको स्पष्ट पारे । ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पुर्‍याउने दृढता व्यक्त गरे ।

पार्टी अब नयाँ एकताका साथ अघि बढ्ने स्पष्ट पार्दै अध्यक्ष ओलीले सबैको एउटै आवाज हुनुपर्नेमा जोड दिए । “हामी नयाँ एकताका साथ अगाडि बढ्छौँ । पार्टीभित्र एक स्वर आवश्यक छ,” उनले भने ।

अध्यक्ष ओलीले पार्टीभित्र अनुशासन सबैभन्दा महत्वपूर्ण आधार भएको बताए । पार्टीको छविमा आँच आउने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै उनले दृढ अनुशासनमा बस्नुपर्नेमा जोड दिए । “अनुशासन मानव समाजको अनिवार्य आवश्यकता हो । अनुशासन बिना समाज सम्भव हुँदैन,” उनले भने, “हामी राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउनेजस्तो नक्कली आवरणको पार्टी होइनौँ । यस्तो पार्टीमा दृढ विश्वास आवश्यक हुन्छ । हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो ।”

ओलीले ११औं महाधिवेशन सबै दृष्टिकोणबाट सफल भएको दाबी गरे । उनले महाधिवेशनको नतिजा सिंगो पार्टीको सामूहिक प्रयासबाट प्राप्त भएको उल्लेख गर्दै त्यसलाई सम्पूर्ण पार्टीले स्वीकार गरेको बताए ।

ओलीले दोस्रो विधान महाधिवेशनले अघि सारेका नीति तथा दिशानिर्देशन अनुसार पार्टी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : ३६ बजे

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर