नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु औषध ब्राउनसुगर सहित २ जनालाई नियन्त्रणमा लिएको छ । ल्याइएको ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरका ४३ वर्षीय सुवोध क्षेत्री र बैजनाथ गाउँपालिका–१ बस्ने ३२ वर्षीय यामबहादुर बुढा रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–२ बाट पक्राउ परेका उनीहरुबाट ५४ ग्राम ६० मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सुबोध र यामबहादुरलाई जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त टोलीले शनिबार राति पक्राउ गरेको हो ।
५४ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुविरुद्ध आज जिल्ला अदालत बाँकेबाट लागुऔषध कसुरमा म्याद थप गरेर घटनाबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।



















प्रतिक्रिया