२३ बैशाख २०८३, बुधबार | May 7, 2026

एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याइँदै



काठमाडौं । नेकपा (एमाले) ले ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकमा मुख्य एजेन्डाका रूपमा समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली टुंग्याइने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार निर्वाचन आयोगले तोकेको समयसीमा भित्र समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने भएकाले आजको बैठक अत्यन्तै महत्वपूर्ण मानिएको छ । आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ गतेसम्म समानुपातिक उम्मेदवारको सूची पेस गर्न समय दिएको छ ।

एमाले स्रोतका अनुसार जिल्ला तथा प्रदेश कमिटीबाट आएका आकांक्षीहरूको नाम संकलन गरी पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलसहित शीर्ष नेताहरूले प्रारम्भिक छोटो सूची तयार गरिसकेका छन् । सोही सूचीमाथि छलफल गरी आजको सचिवालय बैठकबाट अन्तिम टुंगो लगाउने तयारी गरिएको हो ।

बैठकमा समानुपातिक उम्मेदवार छनोटका साथै पार्टी कार्यालय व्यवस्थापन, समसामयिक राजनीतिक अवस्था र हाल विकसित राजनीतिक परिस्थितिबारे पनि छलफल हुने बताइएको छ । यसैगरी प्रधानमन्त्रीले आजै प्रमुख तीन दलका शीर्ष नेतासँग गरेको छलफलका विषयमा अध्यक्ष ओलीले सचिवालय बैठकमा ब्रिफिङ गर्ने कार्यसूचीसमेत रहेको एक पदाधिकारीले जानकारी दिएका छन् ।

एमालेले समानुपातिक उम्मेदवार छनोट गर्दा समावेशी सिद्धान्तलाई आधार बनाउने बताउँदै आएको छ । महिलासहित आदिवासी जनजाति, दलित, मधेसी, थारु तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने दबाब पार्टीभित्रै रहेको छ । आजको बैठकबाट नाम टुंगिएसँगै भोलि नै निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाइने तयारी एमालेले गरेको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ८ : ५२ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा