१५ पुस २०८२, मंगलबार | December 30, 2025

ओलीको कटाक्ष : कुखुरा-बाख्राको मोर्चाले बाघसँग मुकाबिला गर्न सक्दैन’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीबीचको सम्भावित सहकार्यप्रति कटाक्ष गरेका छन् ।

मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्ता गठबन्धनलाई ‘कुखुरा र बाख्राको मोर्चा’ संज्ञा दिँएका हुन् । उनले एमालेजस्तो बलियो पार्टीसँग यस्तो दुब्लोपातलो मोर्चाले प्रतिस्पर्धा गर्न नसक्ने टिप्पणी गरे ।

उनले थपे, “विशालकाय एमालेसँग भिड्नुपरेपछि कुखुराले मोर्चा बनाएर, बाख्राले मोर्चा बनाएर के सिंहको शिकार हुन्छ ? के त्यसलाई मुकाबिला गर्न सकिन्छ ?”

एमाले जस्तो बलियो पार्टीसँग मुकाबिला गर्न कमजोर शक्तिहरूले सहकार्यको बाटो रोज्ने गरेको टिप्पणी गर्दै उनले थपे, “दुब्लाको काम नै मोर्चा बनाउने हो । बलियासँग लड्न दुब्लाहरू एकताको कुरा गर्छन् । अस्ति पनि एकता भयो, हिजो पनि भयो, आज पनि हुन्छ, भोलि पनि हुन्छ ।”

“दुई–चार जना मिलेर घैँटामा बोकेको पानीले महासागरसँग जति मोर्चा लगाए पनि त्यसले के प्रभाव पार्छ र ?”, उनले भने ।

ओलीले देशमा को कति लोकप्रिय छ भन्ने बहस निर्वाचनसँगै चलिरहने उल्लेख गरे । घरघरमै प्रधानमन्त्री घोषणा गरिसकिएको भन्दै उनले रास्वपा र बालेनबीच भएको सहमतिलाई थप व्यंग गरे ।

चुनाव फागुन, बैशाख या अर्को मंसिरमा भएपनि एमाले निर्वाचनका लागि हरेक पल तयारी अवस्थामा रहने उनले बताए ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ६ : ०५ बजे

पुसे १५ को शीतलहरमा पनि बुटवलको प्रदर्शनीमा थेगीनसक्नु भीड

बुटवल । बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,

एमाले नेता बासुदेव घिमिरेलाई बालेन टिमबाट रास्वपा प्रवेशको प्रस्ताव

बुटवल । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य

ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

रौतहट । आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र

स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको

समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची