काठमाडौं । पूर्वप्रधानमन्त्ती तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ ।
भदौ २३ २४ को घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीको बयान लिएसँगै उनीमाथि लगाइएको बन्देज हटाउने निर्णय गरेको हो ।
ओलीले हिजो आफ्नै निवासमा आयोगसमक्ष लिखित बयान दिएका थिए ।
जेनजी आन्दोलन जाँचबुझ आयोगले छानबिन सुरु गरेपछि पूर्वप्रधानमन्त्री ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक, गृहसचिव, आईजीपी, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई स्थानहद लगाएको थियो ।


















प्रतिक्रिया