२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

प्रधानमन्त्री बन्न ‘भिजन’ चाहिन्छ : ओली



झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले प्रधानमन्त्रीको उम्मेदवार बन्ने विषयलाई हल्का रूपमा लिएको टिप्पणी गरेका छन्।

सोमबार झापामा आयोजित कोशी प्रदेशस्तरीय नेशनल भोलिन्टियर्स फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र साहलाई संकेत गर्दै प्रधानमन्त्री बन्ने कुरा बच्चाले जस्तै कल्पना गरेर नहुने बताएका हुन्।

अध्यक्ष ओलीले प्रधानमन्त्री बन्न स्पष्ट दृष्टिकोण र योजना आवश्यक पर्ने उल्लेख गरे। उनले भने, “बच्चालाई ठूलो भएर के बन्छस् भनेर सोध्यो भने प्रधानमन्त्री वा राष्ट्रपति भन्छ। केही मानिसहरू पनि त्यस्तै शैलीमा प्रधानमन्त्री बन्ने कुरा गरिरहेका छन्।” उनले आफूहरू भने भिजनसहित अघि बढेको दाबी गरे।

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ। रास्वपाले बालेन्द्र शाहलाई तथा नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेका छन्। यस सन्दर्भमा ओलीले प्रधानमन्त्री बन्ने विषय गम्भीर जिम्मेवारी भएको बताए।

ओलीले आफूले सरकार छाडेपछि देश ‘ड्राइभरबिनाको गाडीजस्तो’ बन्ने जिकिर गरे। उनले आफ्नो नेतृत्वमा सरकार बनेपछि व्यापक काम हुने र त्यो देखेर विरोधीहरू आत्तिने दाबी गरे।

“मैले काम सुरु गरेपछि व्यापक परिणाम देखिन्छ। त्यसपछि विरोधीहरू मात्र होइन, भूमिगत गिरोहसमेत थर्कमान हुन्छन्,” ओलीले भने, “त्यसैले काम रोक्न मलाई सरकारबाट हटाइन्छ। काम बन्द हुन्छ, फेरि म आउनुपर्ने अवस्था सिर्जना हुन्छ।”

ओलीले आगामी निर्वाचन निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिए। मतदाताले कुनै दबाबबिना मतदान केन्द्रसम्म पुगेर स्वतन्त्र रूपमा मत खसाल्न पाउनुपर्ने उनको भनाइ थियो।

“चुनाव निष्पक्ष हुनुपर्छ। मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्छ। यसमा नेकपा एमाले सधैं अडिग छ,” उनले भने।

साथै, उनले कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा गर्ने प्रयास नगर्न सबैलाई सचेत गराए।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ३ : ५७ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा