६ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरण रिटमा आदेश जारी गर्दै उनलाई गैरकानुनी थुनाबाट मुक्त गर्न निर्देशन दिएको हो ।

मंगलबार न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामा राख्ने आधार पर्याप्त नभएको ठहर गर्दै रिहा गर्न आदेश दिए ।

यसअघि सोमबार न्यायाधीश नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले कारबाहीका लागि प्रहरीलाई पठाएको निर्णयसम्बन्धी सक्कल फाइल झिकाउन आदेश दिएको थियो।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वोच्चमा पेश गरेको लिखित जवाफमा निर्वाचन आयोगले फागुन ३ गते पठाएको पत्रका आधारमा फागुन ४ गते प्रसाईंलाई पक्राउ गरिएको उल्लेख गरेको थियो।

सर्वोच्चले आफ्नो आदेशमा निर्वाचन आयोगले प्रसाईंमाथि अनुसन्धान र कारबाही गर्न लेखी पठाउने निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन निर्देशन दिएको थियो।

निर्वाचन आयोगको पत्रपछि प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो भने अब सर्वोच्चको आदेशसँगै उनको रिहाइको प्रक्रिया अघि बढ्ने भएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ५ : ४२ बजे

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन