१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले फेरि ४० अर्ब रुपैयाँ उठाउँदै



काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले ८८ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो।

यसका लागि बोलकबोल प्रक्रिया आजै आयोजना गरिनेछ। सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न समय–समयमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यसअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी जेठ १० गते गरिनेछ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित कुल रकमबराबर बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ। रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमशः वितरण गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ११ : १७ बजे

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय

सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली

हुलाकी राजमार्गले धमाधम तान्दै निजी क्षेत्रको लगानी

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको