६ श्रावण २०८३, बुधबार | July 22, 2026

इरानद्वारा होर्मुज जलमार्ग बन्द, विश्व तेल आपूर्तिमा असर पर्ने चिन्ता



तेहरान । इरानले विश्वव्यापी तेल आपूर्तिको प्रमुख समुद्री मार्ग होर्मुज जलडमरूमध्य बन्द गरेको घोषणा गरेको छ । इरानको इस्लामिक रिभोल्युशनरी गार्ड्सले खाडी क्षेत्रमा रहेका जहाजहरूलाई उच्च आवृत्ति (हाई-फ्रिक्वेन्सी) रेडियो सन्देशमार्फत उक्त जलमार्ग प्रयोग नगर्न चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

होर्मुज जलमार्ग विश्वको तेल र ग्यास आपूर्तिका लागि अत्यन्तै महत्वपूर्ण मार्गका रूपमा चिनिन्छ । यो साँघुरो समुद्री मार्गले फारसको खाडीलाई ओमानको खाडी हुँदै अरब सागरसँग जोड्छ ।

यस जलमार्गको उत्तरतर्फ इरान रहेको छ भने दक्षिणतर्फ ओमान र संयुक्त अरब इमिरेट्स अवस्थित छन् । यस क्षेत्रका अधिकांश देश प्रमुख तेल उत्पादक भएकाले यही मार्गमार्फत विश्वका विभिन्न मुलुकमा तेल निर्यात हुँदै आएको छ ।

करिब १६७ किलोमिटर लामो यो जलमार्गको दुवै प्रवेशद्वार करिब ५० किलोमिटर चौडा छन् भने सबैभन्दा साँघुरो भाग करिब ३३ किलोमिटर मात्र चौडा रहेको छ । समुद्री यातायात व्यवस्थापनका लागि यहाँ करिब तीन किलोमिटर चौडाइको शिपिङ लेन निर्धारण गरिएको छ ।

होर्मुज जलमार्ग बन्द गरिएसँगै विश्व तेल आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा बजारमा प्रभाव पर्ने चिन्ता व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : ५५ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको