१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बुटवल उद्योग वाणिज्य संघको साधारणसभा स्थगित



बुटवल । बुटवल उद्योग वाणिज्य संघको ६७ औं साधारणसभा तथा अधिवेशन स्थगित भएको छ । संघले असोज २८ र २९ गते गर्ने तय गरेको साधारणसभा मंगलबार बसेको बैठकले स्थगित गरेको हो ।

खिमबहादुर हमालको अध्यक्षताको कार्यावधि समाप्त भएका उद्योग बाणिज्य संघले निर्वाचनको समेत तयारी गर्दै असोज २८ र २९ गते साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचनको घोषणा गरेको थियो ।

मुलुकमा जारी कोरोना महामारीका कारण सबैजना एक स्थानमा भेला हुन सक्ने परिस्थिती नभएको भन्दै साधारणसभा स्थगित गरिएको बुटवल उद्योग बाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले जानकारी दिए ।

संघले अधिवेशनको घोषणा गरेसँगै बुटवलका व्यवसायीहरुमा निर्वाचनको वाताबरण सुरु भईसकेको अवस्थामा साधारणसभा स्थगित भएको छ ।

आगामी कार्यकालका लागि संघका बरिष्ठ उपाध्यक्ष उज्वल कसजुर र उद्योग तर्फका अध्यक्ष अनिल प्रसाद श्रेष्ठले अध्यक्ष पदमा दाबी गर्दै आ-आफ्ना पक्षमा लबिङ समेत सुरु गरिसकेका थिए ।

उद्योग वाणिज्य महासंघको निर्वाचन पछि नै बुटवलमा अधिवेशन गर्ने सहमति भएको श्रेष्ठले बताए । पटक पटक स्थगित हुँदै आएको महासंघको अधिवेशन मंसिर महिनामा गर्न अघिल्लो हप्ता मात्र गृह मन्त्रालयले स्विकृति दिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ११ : ०१ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा