१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो



नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम पदार्थको प्रयोग र वितरणमा सुरक्षात्मक व्यवस्था गर्ने सूचना प्रकाशित गरेसँगै बजारमा उपभोक्ताहरुले आवश्यकता भन्दा बढी खाना पकाउने ग्यास र पेट्रोलयम पदार्थको भण्डारण गर्न सूरु गरेका छन् ।

निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न, मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनावश्यक भण्डारण नगर्न तथा ग्याँसको सट्टा विजुलीको खपत बढाउन आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेपछि उपभोक्ताहरुले आवश्यकता भन्दा बढी भण्डारण गर्न थालेका हुन् ।

बाँके स्थित भेरी ग्यास उद्योगले ग्यास आपुर्तीमा कुनै कमी नआएको जनाएको छ । उद्योगका प्रबन्धक राम सरावन यादवले ग्यास आयात र बितरणमा कुनै कमी नभएको बताए । ‘उनले हल्लाका भरमा माग भने हवात्तै बढेको बताए । अहिलेलाई आपुर्ती र वितरणमा कुनै कमी छैन, तर पछि के हुन्छ त्यो भन्न सकिँदैन ।’ उनले भने ।

निगमले बुधवार एक सूचना प्रकाशित गदै विद्युतका लागि जेनेरेटर आदि नचलाउन, औद्योगिक प्रयोगमा पेट्रोलियम पदार्थ तथा ग्याँसको खपत कम गर्न, इन्धन तथा एल.पि.ग्यास अनावश्यक भण्डारण नगर्न आग्रह गर्दै सूचना निकालेको थियो ।

निगमले विश्वमा पर्ने प्रभावबाट नेपाल पनि अछुत हुन नसक्ने सम्भावनालाई मध्यनजर गरी आवश्यक मात्रा इन्धन तथा ग्यास खरिद गर्न एवं अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको थियो ।

मागेजती उद्योगले ग्यास दिएपनि बजारको माग भने अत्याधिक बढेको ग्यास विक्रेता संघ बाँकेका अध्यक्ष प्रेम थापाले बताए । उनले नयाँ ग्यास किन्ने र घरमा भएका खाली सिलिण्डर भर्ने ग्राहकका कारण वितरणमा भ्याइनभ्याई भएको बताए । निगमले भने नयाँ सिलिण्डर बेच्न निषेध गर्दै बिक्रि गरेको् पाइए कारवाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ४ : २७ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी