१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

साठी क्विन्टल मकैसहित चालक पक्राउ



भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको मकै प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले आज रोहिणी गाउँपालिका–२ मैनिहवाबाट ६० क्विन्टल मकैसहित दुईवटा जिप नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा लु१ज ४६१० र लु१ज २९२५ नम्बरको जिपमा लोड गरी लैजाँदै गरेको अवस्थामा मकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गणेश सापकोटाले जानकारी दिए ।

बरामद मकै र गाडीको कूल मूल्य करिब रु २१ लाख ५० हजार आकलन गरिएको छ । घटनामा संलग्न चालक मायादेवी गाउँपालिका–७ का ३३ वर्षीय दिलीप यादवलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति र बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको उनले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १० : १८ बजे

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको